पोषण मैत्री शहर धुलिखेल नगर

धुलिखेल नगरपालिकाको वडा नम्बर १२ संखु पाटिचौरलाई पोषणयुक्त वडाको रुपमा विकास गर्ने उद्देश्यले त्यस वडामा रहेको शंखुपाटीचौर स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्थाकोरूपमा धुलिखेल नगरपालिकाको प्रमुख तथा नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले सुभारम्भ गर्नु भएको छ ।

नगर प्रमुख अशोक व्याञ्जुले उक्त कार्यक्रममा बोल्दै ” धुलिखेल नगरलाई पोषण मैत्री शहर बनाउने आभियान अन्तर्गत नगरपालिकाको १२ नम्बर वडा संखु पाटिचौरलाई पोषणयुक्त वडा कार्यक्रम सुरु भएको कुरा बताउनु भयो । यस कार्यक्रमले धुलिखेल नगरपालिकाको स्वास्थ्य क्षेत्रमा विकासमा अर्को महत्तवपूर्ण योगदान दिन सक्ने छ । नगर प्रमुख अशोक व्याञ्जुले एक कार्यक्रमका बीच शंखुपाटीचौर स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्थाकोरूपमा सुभारम्भ गर्नु भएको थियो । धुलिखेल नगरपालिकाले आफ्नो स्थापना दिवशको अवसरमा सम्पूर्ण नगरलाई बालमैत्री नगर घोषणा गरीसकेको छ । धुलिखेल नगरले यहाँको कुनै पनि बालबालिकामा कुपोषण जस्तो समस्या नहोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here