पोल्याण्डमा खसेको रुसी मिसाइलबारे जी- ७ का नेताहरुको छलफल

३० कात्तिक, इन्डोनेसिया ।  इन्डोनेसियामा जारी जी-२० बैठकको आज अन्तिम दिन हो। आज भएको बैठकमा जी- ७ देशका नेताहरुले पोल्याण्डमा खसेको रुसी मिसाइलबारे छलफल गरेका छन्।

अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरुको उपस्थिति रहेको उक्त कुराकानीको तस्विर सार्वजनिक भएको छ । यी बाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए ।

frontline

पोल्याण्डमा रूसी क्षेप्यास्त्र खस्दा गम्भीर परिणाम हुन सक्छ। पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य भएकोले यो आक्रमणलाई नेटोमा आक्रमण मान्न सकिन्छ।

यो हमलापछि पोल्याण्डमा नेटो सेना आउने हो कि होइन भन्ने धेरैमा चासोको विषय बनेको छ।  बीबीसी समाचार अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरु ध्वस्त भएको देखिन्छ ।
 
अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्क गरेका छन्। जो बाइडेनले यस विषयमा नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here