पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु

पोखरीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो साढे २ बजे सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर १२ कुशाहास्थित एक सार्वजनिक पोखरीमा बालक डुबेका हुन्। 

१० वर्षीय रुपेश साह नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए। साह अचानक डुबेपछि उनलाई छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो। 

frontline

उक्त अस्पतालको डाक्टरले जाँच गर्दा रुपेश साहको मृत्यु भइसकेको घोषणा गरेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here