पोखरा महानगरको ‘ल्यान्डफिल्ड साइट’ अन्यौलमै

पोखरा र साविक लेखनाथ नगरपालिका गरेर पोखरा क्षेत्रमा दैनिक करिब १ सय ८० टन फोहोर संकलन हुन्छ । ती संकलित फोहोर व्यवस्थापन गर्न महानगले सार्वजनिक निजी साझेदारी (सानिसा) मोडलअन्र्तगत काम सम्पादन गरिरहेको छ ।

संकलित फोहोर व्यवस्थापनका लागि महानगरले पोखरा ३१ को ल्यान्डफिल्ड साइट प्रयोग गरिरहेको छ । जुन निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ । विमानस्थल सञ्चालनमा आइसकेपछि उडान जोखिम हुने भन्दै विज्ञ प्राविधिक टोलीले ल्यान्डफिल्ड साइटलाई त्यहाँबाट अन्यत्र सार्न सुझाउँदै पनि आएका छन् ।

frontline

ल्यान्डफिल्ड साइटमा चराका कारण उडान प्रभावित हुनेमात्रै नभई दुर्घटना नै निम्त्याउने गरी ‘बर्ड हाजार्ड’ हुने प्राविधिकको सुझाव छ । तर, विमानस्थल निर्माण करिब अन्तिम चरणमा पुगिसक्दा पनि महानगरले नयाँ ल्यान्डफिल्ड साइट व्यवस्थापन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here