पोखरा बस दुर्घटनामा परेका २ जनाको अवस्था गम्भीर

दुर्घटनामा ६५ रेखा साहु र ६१ कोमलराम साहु गम्भीर रहेको, बाँकीको अवस्था सामान्य रहेकाले हाेटलमै पठाउने तयारी भइरहेको एसपी ओलियाले बताए ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • पोखरा बस दुर्घटनामा २८ जना भारतीय पर्यटकहरू परेका छन्, जसमा दुईजना गम्भीर अवस्थामा छन्।
  • दुर्घटनामा परेकामध्ये दुईजना गम्भीर रहेका छन् र बाँकीको अवस्था सामान्य रहेको छ, र उनीहरूलाई अस्पताल र होटलमा उपचारका लागि पठाइएको छ।
  • छत्तिसगढबाट आएका पर्यटकहरू पोखरा भ्रमणका लागि आएका थिए र दुर्घटना घुम्तीमा गतिको कारण भएको अनुमान गरिएको छ।

३१ वैशाख, पोखरा। पोखरा बस दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ ।

दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए । तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेज ल्याइएको थियो ।

२ जनाबाहेक अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

दुर्घटनामा ६५ रेखा साहु र ६१ कोमलराम साहु गम्भीर रहेको, बाँकीको अवस्था सामान्य रहेकाले हाेटलमै पठाउने तयारी भइरहेको एसपी ओलियाले बताए ।

भारत छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।

उनीहरू बुधबार बिहान २ वटा बस रिजर्भ गरि पोखरा-२२ पुम्दीभुम्दीस्थित विशाल महादेशको मूर्ती दर्शन गर्न पुगेको र फर्किने क्रममा दुर्घटनामा परेको बसमा सवार प्रदीप बर्णवालले जानकारी दिए ।

२ बसमध्ये अघिल्लो बस छोरेपाटनदेखि केही माथि घुम्तीमा गति तीव्र हुन पुगेको र घुम्ती नकटी सिधैं गएको उनले बताए ।

पोखरा |बस दुर्घटना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here