पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमने सामने

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन् । अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गर्ने भएका छन् । 

एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भएपनि तनावको अवस्था सिर्जना भएको छ ।  रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुक भेला हुने क्रम  सुरु भइसकेको छ । 

frontline

यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरुले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ ।  राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । दुबै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ । सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here