पेस्टोल, कोरेक्स र लागू औषध सहित २२ वर्षिय युवक पक्राउ

श्रीकान्त यादव

सितामढी जिल्ला अन्तर्गत बैरगनिया थाना क्षेत्रको ग्राम पंचायत आदम्बन निवासी २२ वर्षिय किशन कुमारलाई प्रहरीले पेस्टोल, कोरेक्स र अन्य लागू औषध सहित पक्राउ गरेको छ।
प्राप्त जानकारीअनुसार, डीएसपी दिनेश बस्नेतको कमान्डमा सञ्चालन गरिएको विशेष अपरेशनको क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका किशन कुमारसँगै बरामद सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रमा लागूपदार्थ र अवैध हतियारको ओसारपसारमा संलग्न गतिविधिहरू प्रति सुरक्षा संयन्त्र थप कडा बनाइएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here