पेले : मेरो स्वस्थ्यमा सुधार आएको छ

२ मंसिर, ब्राजिल । ब्राजिलका महान् खेलाडी पेलेले बुधबार आफ्नो स्वस्थ्यमा दिन प्रतिदिन सुधार आएको बताएका छन् ।

आन्द्रामा भएको ट्युमरको शल्यक्रियापछि घर फर्किएको झन्डै दुई महिनापछि पेलेले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका हुन् ।

frontline

‘साथीहरू हामीले यस विषयमा कुरा गरेको धेरै भयो । म अहिले ठिक छु भनेर सबैलाई जानकारी गराउन चाहन्छु । मैले प्रत्येक दिन आफूलाई झन् राम्रो महसुस गरेको छु,’’ पेले ट्विटरमा लेखेका छन्, ‘‘मलाई लाग्दैन कि मेरो सुरक्षाका लागि लगाएको मास्कले पनि मेरो खुसी छोप्न सक्दैन । मलाई ऊर्जा प्रदान गरी दिनहुँ सन्देश पठाउनुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’’

यद्यपि, पेलेको सन्देशमा उनको किमोथेरापीले कसरी राम्रो गरिरहेको छ भनेर खुलाइएको छैन ।

पेले ८१ वर्ष लाग्दै छन् । उनले सेप्टेम्बरमा साओ पाउलो अस्पतालमा नियमित परीक्षणका क्रममा भेटिएको ट्युमरका लागि किमोथेरापी गर्ने बताएका थिए ।

पछि उनले प्रवाह गरेको सन्देशले समर्थकमा डर पैदा भएको थियो । उनले भनेका थिए, ‘‘मसँग रमाउनका लागि तपाईंलाई लामो सास फेर्नका लागि अनुरोध गर्दछु । किनकि, हरेक दिन बित्दै जाँदा म गोल गर्ने नजिक पुग्छु ।’’

विगत एक दशकदेखि सान्तोसका पूर्वफरवार्ड पेलेको स्वास्थ्यमा बारम्बार समस्या देखिएको छ । ब्राजिलका महान् खेलाडीले पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबलको उपाधि जितेका थिए । उनले आफ्नो करियरमा एक हजारभन्दा बढी गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here