पेरूको माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन

एजेन्सी । पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो ।

आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालीन सरकारले पक्राउ गरी आजीबन काराबासको सजाय सुनाएको थियो ।

frontline

यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाइ अस्पताल भर्ना गरिएको थियो । उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो ।

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढीको गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् ।

को हुन गोन्जालो ?

विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए ।

सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो ।

एक दशकको युद्धमा ७० हजारको मृत्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाय सुनाएको थियो ।

उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here