पेरुका प्रधानमन्त्री एनिबल टोरेसले दिए राजीनामा

९ मंसिर, लिमा । पेरुका प्रधानमन्त्री एनिबल टोरेसले पदबाट राजीनामा  दिएका छन् । राष्ट्रपति पेड्रो कास्टिलोले विश्वासको मतका लागि टोरेसको आह्वानलाई त्यहाँको कङ्ग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्री टोरेसको राजीनामा स्वीकृत गरेका हुन् । 

बिहीबार राष्ट्रिय टेलिभिजन प्रसारणमा, क्यास्टिलोले टोरेसलाई प्रधानमन्त्रीको रूपमा काम गरेकोमा धन्यवाद दिँदै उनले आगामी दिनहरूमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन्।

frontline

गत हप्ता टोरेसले विपक्षी–नियन्त्रित कङ्ग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर कङ्ग्रेसले मतदानका लागि शर्तहरू पूरा नभएको भन्दै यसलाई अस्वीकार गरेको हो । 

क्यास्टिलोले  सन् २०२१  जुलाईमा पदभार ग्रहण गरेपछि ७९ वर्षीय टोरेस दक्षिण अमेरिकी देशका चौथो प्रधानमन्त्री बनेका थिए ।
उनले अगस्ट ३ मा ‘व्यक्तिगत कारणले राजीनामाको घोषणा गरे जसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here