पेरिस ओलम्पिकमा व्याडमिन्टका प्रिन्स दाहाल तेस्रो खेलमा पनि पराजित
नेपालका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा पनि पराजित भएका छन् ।
उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् । मिसाले प्रिन्सलाई २२–१२ र २१–१० को सोझो सटेमा पराजित गरे ।
युवा खेलाडी प्रिन्स नेपालबाट ओलम्पिक्समा सहभागी हुने पहिलो ब्याडमिन्टन खेलाडी हुन् । प्रिन्स पहिलो खेलमा डेनमार्कका विश्व नम्बर दुई खेलाडी भिक्टर एक्सेल्सनसँग र दोस्रो खेलमा आयरल्यान्डका न्यात नुयानसँग सोझो सटेमा पराजित भएका थिए ।
तेस्रो खेल अगाडि नै प्रिन्स समुह चरणबाट बाहिरिसकेका थिए । नेपालबाट सहभागी सात मध्ये छ खेलाडी पहिलो चरणबाट बाहिरिसकेका छन् । जसमध्ये पौडीका एलेक्जेण्डर शाहले राष्ट्रिय रेकर्ड कायमा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्