पेन्देल गाँउको गोरेटो बाटो मोटर बाटोमा परिणत

बूढानीलकण्ठ नगरपालिकाको मुख्य पर्यटकिय क्षेत्र डाँडागाँउमा मोटर बाटो निर्माण भएको छ। वडा नं ५ स्थित डाडागाँउको बिच भाग बाट मोटर बाटो निर्माण भएको हो। शिवपुरी राष्ट्रिय निकुञ्जलाई विशेष सौन्दर्य थपिरहेको डाडागाँउ अर्थात पेन्देल वस्तीको गोरेटो बाटोलाई मोटर बाटोमा परिणत गरिएको हो।

करिव १०० घर धुरी भएको यस गाँऊमा मोटर बाटोको उपयुक्त सुबिधा भने थिएन। स्थानीयहरुलाई आवत जावत गर्न कठिन र अप्ठेरो थियो। गाँऊमा कोही बिरामि परेमा हस्पिटल सम्म लानको लागी निकै सास्ति भोग्नु पर्ने अव्स्था रहेको स्थानीयहरुको गुनासो सधै चर्चामा हुने गरेको थियो। नगरपालिकाको सदरमुकाम मानिएको नारायणस्थान सम्म आईपुग्नको लागि २ घण्टा पैदल हिड्नु पर्ने हुन्थ्यो। यिनै समस्याहरुलाई मध्य नजर गरि स्थानीय सरकारको सहयोग र पहलमा गाँउमा मोटर बाटो विकासको योजना बनाईएको वडा अध्यक्ष बिजय तामाङले बताए। बाटो निर्माण भए संगै ति समस्याहरु समाधान गर्न सहज भईरहेको छ, उनले जोडे।……

frontline

https://statementandresponse.com/public/user/budhanilkantha#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

बागमती साउथवेस्ट

poster-here