पेन्टागनको रिपोर्ट लिक भएपछि ट्रम्पले सेयर गरे भिडियो
समाचार सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमबारे एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरे।
- भिडियोमा बी-२ बमवर्षक विमानहरूले बम खसालेको दृश्य देखाइएको छ र इरानमाथि बम हान्ने गीत समावेश छ।
- ट्रम्पले सीएनएन र न्युयोर्क टाइम्सले इरानको आणविक अड्डाहरू नष्ट भएको कुरालाई अस्वीकार गरेको आरोप लगाए।
वासिङ्टन डीसी । ‘इरानको आणविक कार्यक्रम नष्ट भएको छैन’ भन्ने रिपोर्टपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । ट्रुथ सोसलमा ट्रम्पले करिब ६० सेकेन्डको भिडियो सेयर गरेका हुन् ।
यस भिडियोमा, बी–२ बमवर्षक लडाकु विमानहरू आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ । भिडियोमा एउटा गीत बजिरहेको छ जसमा इरानमाथि बम प्रहार गर्नुस् भन्ने शब्दहरू बारम्बार दोहोरिएको सुनिन्छन् ।
पेन्टागनको लिक भएको प्रारम्भिक गुप्तचर मूल्याङ्कन प्रतिवेदनले इरानको आणविक अड्डाहरूमा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रमलाई नष्ट गरेको छैन, तर आक्रमणले केही महिना मात्र ढिलाइ गरेको दाबी गरेको छ ।
‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन् । दुवैले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरू मध्ये एकलाई बदनाम गर्ने प्रयास गरिरहेका छन् । इरानको आणविक अड्डाहरू पूर्ण रूपमा नष्ट भएका छन् ! जनताले न्युयोर्क टाइम्स र सीएनएनलाई दोषी ठहराइरहेका छन्,’ अझ अगाडि ट्रम्पले पोस्टमा भनेका छन् ।






प्रतिक्रिया दिनुहोस्