पेट्रोल र डिजेलको मूल्य घट्यो
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। आइतबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको हो।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले साेही अनुसार समायाेजन गरेकाे निगमले जनाएकाे छ।
मूल्य घटेपछि विभिन्न क्षेत्रमा नयाँ मूल्य यसप्रकार रहेको छ:
पेट्रोल :
– काठमाडौं, पोखरा र दिपायल वरपर: प्रतिलिटर १६५ रुपैयाँ
– सुर्खेत र दाङ वरपर: प्रतिलिटर १६४ रुपैयाँ
– चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर: प्रतिलिटर १६२.५० रुपैयाँ
डिजल र मट्टीतेल
– काठमाडौं, पोखरा र दिपायल वरपर: प्रतिलिटर १५२ रुपैयाँ
– सुर्खेत र दाङ वरपर: प्रतिलिटर १५१ रुपैयाँ
– चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर: प्रतिलिटर १४९.५० रुपैयाँ
मूल्य घटेसँगै उपभोक्ताहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्