पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाण्डु । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएकाे हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १२७ र डिजल, मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।
त्यस्तै हवाई इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
निगमले अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्