पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन राप्रपाको माग

फाइल तस्बिर

९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार विज्ञप्ति जारी गरेर उपभोक्ताको हितविपरीत पटक पटक भइरहेको मृल्यवृद्धिको विरोध गर्दै फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

frontline

साथै पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करको पुनर्विचार गरी मूल्य नियन्त्रण गर्न र विद्युत उत्पादन, खपत र वैकल्पिक उर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here