पेट्रोलियम पदार्थको मूल्यवृद्धि घट्दैन : मन्त्री भुसाल

फाइल तस्बिर

४ चैत्र, परासी ।  ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि घट्न नसक्ने बताएकी छन्।

पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन तथा २२०-१३२ केभी न्यू बुटवल सव स्टेशनको उद्घाटन गर्न बिहीबार त्यहाँ पुगेकी मन्त्री भुसालले सो कुरा बताएकी हुन्।

frontline

अन्तर्राष्ट्रियरुपमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले त्यसलाई घटाउनु भनेर भनि राख्ने विषय नभएको बताएइकी हुन्। ‘

मूल्यवृद्धि नकरात्मक परिघटना हो। यसले भान्सादेखि यातायातलगायत सबै क्षेत्रमा महँगी बढाएको छ।

यसबाट जुध्न सबै क्षेत्रले विद्युतलाई नै विकल्पकका रुपमा लिन जरुरी छ,’ उनले भनिन्। अहिले पनि पेट्रोल/डिजलमा ३२ र एलपी ग्यासमा ६ सय रुपैँया घाटा व्यहोर्नु परेको उनले सुनाइन्।

‘मूल्यवृद्धि घटाउनुस भनेर भनि राख्ने विषय होइन। पेट्रोलियम पदार्थभन्दा विद्युत प्रयोगले ४० प्रतिशत भन्दाबढी मूल्य कम हुन्छ। त्यसैले महँगीको सुरक्षित उपाएको विकल्पक नै विद्युत हो,’ उनले भनिन्।

विद्युतका ग्रीड नपुगेका ठाउँमा २ वर्षभित्र पुग्नेगरी काम अघि बढिरहेको उनले जानकारी दिइन्। विद्युतलाई व्यापारका रुपमा अघि बढाउन नेपाल-भारत अन्तरदेसीय विद्युत प्रसारणको काम पनि अघि बढीरहेको उनले बताइन्।

यहाँ निर्माण भएको सव स्टेशनले कुश्मा सव स्टेशन, भरतपुर सव स्टेशन, बुटवल सव स्टेशन र बर्दघाट सव स्टेशनलाई जोडेको छ।

यो सवस्टेशन कूल १ अर्ब ८ करोड रुपैँयामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि १ अर्ब ५ करोड रुपैँयामा काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ।

सवस्टेशनको निर्माण कार्यको जिम्मेवारी भारतीय ठेकेदार कम्पनी श्री टाटा प्रोजेक्ट्स लि. इन्डिया कम्पनीलाई दिइएको थियो।

एसियाली विकास बैंकको सहुलियपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सवस्टेशनको निर्माण कार्य सन २०१७ को नोभेम्बरबाट स्टेशनको काम सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here