पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीद्वारा प्रदर्शन

श्रोत : ईन्टरनेट

 १० माघ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

frontline

उनीहरुले नाराबाजीसहित मुल सडकमा टायर समेत बालेका थिए । प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेर टायर निभाएको हो ।

विप्लव नेकपाको अखिल क्रान्तिकारिका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ ।

यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here