पेट्रोलियम ढुवानी व्यवसायी महासंघको पूर्व घोषित आन्दोलनका कार्यक्रम फिर्ता, तेल ढुवानी शुरु

फाइल तस्बिर

३० भदौ, काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्व घोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

महासंघ र नेपाल आयल निगमबीच ब्धवार साँझ सहमति भएसँगै पेट्रोलियम पदार्थ ढुवानी पूर्ववत रुपमा जारी रहने महासंघले जनाएको छ ।

frontline

निगमले महासंघका माग असोज ७ गतेसम्म पूरा गर्ने सहमति जनाएको छ । सहमति भएसँगै बुधबार साँझदेखि नै व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी पूर्ववत रुपमा संचालनमा ल्याएका छन्।

महासंघले २०७३ सालपछि डिजल वाहेकका अन्य संचालन खर्च नबढाएको भन्दै हड्तालमा उत्रिएको थियो। महासंघको अगुवाईमा गत भदौ २४ गतेदेखि भारतमा तेल लिन जान बन्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here