पूर्व राष्ट्रपतिद्वारा माओको समाधिस्थलमा पुष्पाहार अर्पण

चीनको औपचारिक भ्रमणमा रहनुभएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका स्वर्गीय अध्यक्ष माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गर्नुभएको छ । उहाँले  राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओले स्वागत गर्नुभएको थियो ।  चिनियाँ उच्च अधिकारीहरूसहित नेपाली प्रतिनिधी मण्डलका सदस्यहरुको पनि उपस्थिति थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here