पूर्व मन्त्री तप्तबहादुर विष्टको निधन

श्रोत : ईन्टरनेट

काठमाडौं । काठमाडौं नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

frontline

बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो ।

कोरोना पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो ।

तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here