पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।
ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।




अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।
४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो ।
उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्