पूर्वी युक्रेन प्रवेश गर्न पुटिनले दिए रुसी सेनालाई आदेश

फाइल तस्बिर

१० फागुन, बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताउँदै रुसी सेनालाई ती क्षेत्रमा शान्ति स्थापनाका लागि परिचालन हुन आदेश दिएपछि युक्रेन सङ्कट चुलिएको छ।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।

frontline

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

यता युक्रेनले भने रुसले जस्तोसुकै टिप्पणी गरे पनि आफ्नो अन्तर्राष्ट्रिय सीमा परिवर्तन नहुने बताएको छ । मङ्गलवार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसी गणराज्यको कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको बताएका छन्।

रुसले जस्तो सुकै टिप्पणी गरे पनि युक्रेनको अन्तर्राष्ट्रिय सीमा परिवर्तन नहुने उनले बताए। रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रियालाई ध्वस्त पारेको युक्रेनले जनाएको छ।

जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको र राजनीतिक तथा कूटनीतिक समाधानको समर्थन गर्ने बताए। ‘‘हामी डराएका छैनौँ,’’ आफ्नो राष्ट्र अन्तर्राष्ट्रिय साझेदारहरूबाट स्पष्ट अनि प्रभावकारी कदमहरूको पर्खाइमा रहेको बताउँदै उनले घोषणा गरे।

युक्रेनले कसैलाई केही पनि नदिने जेलेन्स्कीले वाचा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here