पूर्वी ताइवानमा ६.२ म्याग्निच्युडको भूकम्प
१९ पुस, ताइपेई । पूर्वी ताइवानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। सोमबार साँझ पूर्वी ताइवानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो।
ताइवानको सेन्ट्रल वेदर व्युरोकाअनुसार राजधानी ताइपेईदेखि १२४ किलो मिटर दूरीमा पर्ने दक्षिण-पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको हो।
सो भूकम्प राजधानी ताइपेइलगायत वरिपरिका क्षेत्रमा महसुस गरिएको बताइएको छ।
भूकम्पका कारण भएको क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ।
यसअघि आइतबार चीनको युनान प्रान्तमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पबाट २२ मानिस घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस्