पूर्वराष्ट्रपति चीन जाने टोलीमा परस्परविरोधी दुई नेता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज राती १४ जनाको टोलीसहित ग्वाङ्झौ भएर बेइजिङ प्रस्थान गर्दै हुनुहुन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निम्तोमा जान लागेको टोलीमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ,स्थायी कमिटी सदस्य कर्ण थापा, सांसद देवी भट्टचन, देवर डा.कैलाश भण्डारी,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष महेन्द्रविष्टलगायत छन् ।




पूर्व राष्ट्रपतिले चिनियाँ राष्ट्रपति उच्च नेताहरुसँग भेटवार्ता गर्ने तालिका छ । भ्रमणमा एकजना वरिष्ठ मन्त्रीको हैसियतले पार्टी उपमहासचिव तथा सन्चार मन्त्री लैजाने पूर्वराष्ट्रपतिको चाहना थियो तर प्रधानमन्त्रीले उद्योगमन्त्री भण्डारीलाई समावेश गरिदिनुभयो । टोलीमा विदेश बिभाग प्रमुख तथा पार्टी सचिव महासेठ पनि छन् ।
यता टोलीमा सामेल बाजुराका स्थायी समिति सदस्य कर्ण थापा र बैतडीका केन्द्रीय सदस्य भण्डारीबीच भेगीय राजनीतिमा कटाक्षको अवस्था छ । हुन तः उनीहरु दुबैजना पूर्व राष्ट्रपति भण्डारीले उत्थान गरेका नेता हुन् । पछिल्लो पटक जिल्ला अधिवेशनलाई सम्बोधन गर्दा थापाले मन्त्री भण्डारीमाथि ब्रम्हलुट मच्चाएको आरोप लगाएका थिए ।
अहिले ती दुबै जना एउटा टोलीमा जाँदै छन् । चीनले पनि उनीहरुलाई दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्ने तालिका बनाएको बुझिएको छ । दामोदरले व्यापारसम्बन्धी एउटा कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्