पूर्वराजा सपरिवार नारायणहिटी जाँदै

पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता सपरिवार नारायणहिटी जाँदै छन् । दरबार हत्याकाण्डमा ज्यान गुमाउने दाजु-भाउजु वीरेन्द्र र ऐश्वर्यासहित शाही परिवारका सदस्यको सम्झानमा दिप प्रज्वलन गर्न उनी परिवारसहित त्यहाँ जान लागेका हुन् ।
जेठ १९ गते साँझ ६ बजे नारायणहिटीको चतुव्र्यूह नारायण धाम परिसरमा ज्ञानेन्द्र परिवारले संयुक्त रूपमा मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।




गणतन्त्र स्थापनापछि सामान्य नागरिकको हैसियतमा रहेका ज्ञानेन्द्र आमा भेट्न बेलाबेला नारायणहिटी पुगिरहन्छन् । गणतन्त्र घोषणापछि उनले नारायणहिटी छोडे पनि आमा रत्न शाह भने त्यहाँस्थित महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।
पछिल्लो पटक गत शनिबार ज्ञानेन्द्र नारायणहिटी गएका थिए । नाती हृदयन्द्रले हजुरआमा भेट्ने इच्छा गरेपछि पत्नी कोमललाई पनि साथमा लिएर त्यहाँ पुगेका उनले चतुर्व्यूह परिसरमा पूजाअर्चना गरेका थिए । बैशाख पहिलो साता पनि उनी पत्नीसहित नारायणटी गएका थिए ।
प्रतिक्रिया दिनुहोस्