पूर्वराजा–रानी पूर्ण रुपमा कोरोनामुक्त

पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह तथा पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्यमा सुधार आएको छ। 

उनीहरु छिट्टै महाराजगञ्जस्थित निर्मल निवासमा फर्किने तयारी भएको दरबार स्रोतले फ्रन्टलायिन खबरलाइ जानकारी दिएको छ। 

frontline

भारतको उत्तरखण्डस्थित हरिद्धवरमा १२ वर्षपछि लागेको कुम्भ मेलामा शाहीस्नान गरेर फर्किने क्रममा पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो। उनीहरुको अवस्था बिग्रिएपछि गत सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएर उपचार गराउदै आइरहेका थिए। 

‘पूर्वराजा, पूर्वरानी तथा पूर्वअधिराजकुमारीको स्वास्थ्य अवस्था निकै राम्रो भइरहेको छ। ‘उहाँहरु घर फर्किने दिन कुरेर बसेका छौं। छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने सम्भावना छ।’ दरबार स्रोतले बतायो। 

नर्भिक अस्पताल भर्ना हुँदा पूर्वरानी कोमलको अवस्था चिन्ताजनक थियो। उनलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here