पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै, भव्य स्वागतको तयारी

देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौं अवतरण हुनेछन् । उनको भव्य स्वागत गर्ने तयारी कांग्रेसको देउवा पक्षले गरेको छ । 

देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यतिबेला भारत भ्रमणमा रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन् । 

frontline

त्यसपछि दुवै जना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुगेका थिए । त्यसयता उनीहरू कहाँ छन् भन्ने खुलाइएको छैन । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो । त्यसक्रममा देउवा दम्पत्तिमाथिसमेत आक्रमण भएको थियो । 

केही समय नेपालमा उपचारपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए । उपचारपछि नेपाल फर्केका देउवा ‘फलोअफ’कै क्रममा गत फागुन १३ मा सिंगापुर गएको बताइएको थियो । 

देउवा दम्पती सिंगापुरमै रहँदा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ पुर्जी जारी गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । 

तर, उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी राणालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

कांग्रेसमा असन्तुष्टि चुलिएको बेला पूर्वसभापति देउवा आज स्वदेश फर्किन लागेका हुन् । देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको छ । भेलाका लागि कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here