पूर्वन्यायाधीश समाजले पत्रकार सम्मेलन गर्दै
२९ कार्तिक, काठमाडौं । पूर्वन्यायाधीश समाजले पत्रकार सम्मेलन गर्ने भएको छ । अनामनगरस्थित युनियन हाउसमा समाजले पत्रकार सम्मेलन गर्न लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूले पदबाट राजीनामा नदिने बताएपछि पूर्वन्यायाधीश समाजले पत्रकार सम्मेलन गर्न लागेको हो । राणाले आफूले राजीनामा नदिने भन्दै वार्तामा आउन कानुन व्यवसायीलाई आग्रह गरेका थिए ।
पूर्वन्यायाधीश समाजले राणाका कारण समग्र न्यायालयको छबी नै धमिलो भएको भन्दै तत्काल राजीनामा दिन सुझाव दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्