पूर्णबहादुरपछि कान्छारामलाई सोधियो स्पष्टीकरण

काठमाडौँ  । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार अनुशासन समितिले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेकाे हाे। 

पार्टी र नेतृत्वका विरूद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाे भन्दै तामाङलाई स्पष्टीकरण साेधिएकाे अनुशासन समितिका सचिव दिनेश थापामगरले बताए । 

frontline

‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क)  (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र स्पष्टिकरण सोध्ने निर्णय गर्दछ,’समितिका सचिव थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

यसअघि नेता पूर्णबहादुर खड्कालाई पनि स्पष्टीकरण साेधिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here