पुरस्कार रकमबाट आश्रमका बृद्ध बृद्धालाइ खाना

मेवालाल यादव

असोज २८ गते रौतहट । मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ का संयोजक पुजा पाठक तिमिल्सिनाले पुरस्कार स्वरुप पाएको रकमको मानव सेवा आश्रममा बसोबास गर्ने बृद्ध जेष्ठ नागरिकहरुलाई खाना खुवाएका छन् ।

frontline

घरबाट निकालिएका जेष्ठ नागरिकहरु बस्दै आएका सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ८ मा संचालन रहेका मानव सेवा आश्रममा पुगेर पाठकले ८२ जना बृद्ध महिला पुरुषलाइ एक छाक खाना खुवाएका हुन्।

महिला हिंसाको विरुद्ध आवाज उठाउने उदेश्यले गठन गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजले प्रदेश २ मा उत्कृष्ट काम गरेको वापतमा नगद १० हजार रुपैयाबाट संयोजक पाठकलाई पुरस्कृत गरेको थियो ।

पुरस्कार स्वरुप पाएको रकमबाट मानव सेवामा खर्च गरेको पाठकले बताएकी छिन ! आश्रममा बस्ने आमा बुबा लाइ दशैँको अवसर परेर खाना खुवाउदा हर्षित भएको उनले प्रतिक्रिया दिएकि छिन।

आफु ले पाएको पुरस्कारबाट राम्रो कार्य गर्ने सोच राखेकोले अभिभावक विहिन भएका आमा बुबालाइ सेवा गरेको उनले बताए ! सामाजिक काम गर्दा कहिले काही असहाय ,गरिवको सेवा गर्नु पर्ने धारणा उहाको रहेको छ ।

सामुहिक भोजन कार्यक्रममा स्थानीय वडा अध्यक्ष यज्ञ विनोद ढुंगेल , मानव सेवा आश्रमका संचालक सुकदेव कार्की , महिला सशक्तिकरण समुहका गीता भारती , मेची महाकाली बुहारी संयुक्त आवाजका सर्लाही जिल्लाका स संयोजक अन्जना पन्त कडरिया , रौतहट जिल्ला शाखाका कोषाध्यक्ष यशोदा रावत , जिल्ला सदस्य उषा खनाल , पवित्रा परियार , नेपाल मानव अधिकार संगठनका टेक बहादुर चौरेल , सर्लाही जिल्ला सदस्य अनु ढुंगेल , अन्जना नेपाल , राधिका घिमिरे , पर्साका गायिका वर्षा दास लगायतका सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here