पुदिना एक फाइदा अनेक

काठमाडौं। पुदिना एउटा यस्तो कुरा हो जसको उपयोग नेपालमा पनि चटनीका लागि गरिन्छ ।

तर, यसका फाइदा अनेक छन् ।

frontline

यसले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ ।
पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ ।

पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न सकिन्छ ।

यसले हाम्रो घाँटीमा जमेको कफलाई बाहिर निकाल्न मात्र सहयोग गर्दैन, पसिना निकालेर शरीरमा भएको खराब तत्व पनि बाहिर निकाल्न सहयोग गर्छ ।

पुदिनाको सेवनाले सबैभन्दा फाइदा हाम्रो पेटलाई पुग्छ ।

पेटमा भएका विभिन्न समस्यालाई समाधान गर्न पुदिना निकै लाभदायी हुन्छ ।

मसलेदार खाना खाएपछि पुदिना सेवन गर्दा निकै फाइदा पुग्ने गर्छ ।

यसको सेवनले वान्ता हुनबाट पनि रोक्छ ।
हैजा लागेका व्यक्तिलाई पनि पुदिनाको रस र प्याजको रस मिसाएर दिँदा निकै फाइदा गर्छ ।

पुदिनालाई मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्दा घाँटीमा भएको समस्या हल हुन्छ, यसले आवाजलाई पनि प्रष्ट बनाउन सहयोग गर्छ ।

तर, पुदिनाको सेवन अत्यधिक भने गर्नु हुँदैन ।

यसले हाम्रो आँतलाई समस्यामा पार्न सक्छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here