पुतलीबजार नगरपालिकालाई विश्व बैंकको ५६ करोड अनुदान

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग मध्ये पुतलीबजार नगरपालिकालाई ५६ करोड १२ लाख अनुदान प्राप्त भएको छ । नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण विभाग मार्फत शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रमका लागि पालीकालाई अनुदान प्रदान गरेको हो ।

विश्व बैंकले प्रदान गरेको ऋण सहयोग नेपाल सरकार मार्फत पुतलीबजार नगरपालिकालाई अनुदान प्राप्त भएको पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले जानकारी दिईन् । नगरप्रमुख क्षेत्रीले अनुदानबाट पूर्वाधार विकास अन्तरगत बाटो, नाला, विभिन्न सडकका स्तरोन्नती, वसपार्क, कृषि र हाटबजार लगायतका क्षेत्रमा काम हुने बताईन् ।

frontline

अनुदान प्रदानका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्री विच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । नेपाल सरकारबाट प्राप्त सहयोग तथा अनुदान सन् २०२१ देखि २०२५ सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार १७ वटा पालिका सग सम्झौता गरेको छ भने ३० वटा पालिका सग सम्झौता गर्ने कार्यक्रम रहेको छ । सफ्टवेयर ओरेन्टेड कार्यक्रम भएको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here