पीडितलाई राहतस्वरुप एक मुरी मकै

तमानखोला गाउँपालिकाले कृषकलाई राहत दिने भएको छ । गाउँपालिकाले  हावाहुरीका कारण  मकै बाली नष्ट भएका कृषकलाई राहत दिन लागेको हो । 

गाउँपालिकाका अनुसार हावाहुरीका कारण गाउँपालिका–१ र २ को सेन्नामा, पहिरा, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब ७०० रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ।

frontline

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले हावाहुरीले मकै ढालेपछि ५० लाखभन्दा बढीको क्षति भएको पालिकाखबरलाई जानकारी दिए । उनका अनुसार प्रतिघर एक मुरीका दरले मकैको बीउ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

अहिलेसम्म कुनै पनि किसानले बाली बीमा नगरेको भन्दै अब कृषक समूह बनाएर पालिकाले बाली बीमा गरिदिने समेत उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here