पीएसजीले जित्यो फ्रेन्च कप, ट्रेबल सम्भावना कायम

News Summary

Generated by OK AI. Editorially reviewed.

  • पेरिस सेन्ट जर्मेनले फ्रेन्च कप उपाधि जित्दै ट्रेबल जित्ने सम्भावना कायम राखेको छ ।
  • पीएसजीले कप फाइनलमा रेइम्सलाई ३-० ले पराजित गरेको हो ।
  • पीएसजी अगामी शनिबार म्युनिखमा इन्टर मिलान विरुद्ध च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा छ ।

११ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जित्दै ट्रेबल जित्ने सम्भावना कायम राखेको छ ।

frontline

फ्रेन्च कपको फायनलमा रेइम्सलाई ३-० ले पराजित गर्दै पीएसजी फ्रेन्च कप च्याम्पियन बनेको हो ।  पीएसजीका लागि ब्राडले बार्कोलाले १६औं र १९औं र तथा अच्रफ हिकमीले ४३औं मिनेटमा गोल गरे ।

अहिलेसम्म ८ क्लबले गरी १० पटक डेस्टिक लिग, डोमेस्टिक कप र युरोपियन च्याम्पियन्स लिगसहित ट्रेबल उपाधि जितेका छन् । पीएसजीले ट्रेबल जिते ११औं टिम बन्नेछ ।

आगामि शनिवार म्युनिखमा इन्टर मिलान विरुद्ध च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको पीएसजीका लागि अवसर छ । पीएसजिले यसअघि नै फ्रेन्च लिग वानको उपाधि जितिसकेको छ ।

पीएसजीका प्रशिक्षक लुइस एनरिकलेलाई दुई पटक ट्रेबल उपाधि जित्ने दोस्रो प्रशिक्षक बन्ने अवसर पनि छ । उनले सन् २०१५ मा बार्सिलोनाको प्रशिक्षक हुँदा ट्रेबल जितेका थिए । अहिलेसम्म पेप ग्वार्डिओलाले मात्र दुई फरक क्लबबाट ट्रेबल जितेका छन् । ग्वार्डिओले सन् २००९ मा बार्सिलोना र २०२३ मा म्यानचेष्टर सिटीबाट ट्रेबल जितेका थिए ।

फ्रेन्च कप

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here