पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

राहदानी नियमावली  संशोधन गरेर सरकारले पासपोर्ट बनाउन तथा नवीकरण गर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेको  छ ।आगामी साउनदेखि  यो प्रणाली लागू भएपछि कसैले पनि झुटा विवरणका आधारमा पासपोर्ट बनाउने सम्भावना हुँदैन । परिचयपत्र नम्बर भएपछि नागरिकता प्रमाणीकरण गराइराख्नुपर्दैन । हाल पासपोर्ट बनाउन नागरिकता सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराउनुपर्ने प्रावधान छ । 

‘यस सम्बन्धमा राहदानी विभाग र हामीबीच समझदारी भइसकेको छ,’ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले भने, ‘१६ वर्षमाथिका नागरिकले पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउनुपर्छ ।’ परिचयपत्रका लागि विवरण दर्ता गरेलगत्तै परिचयपत्र नम्बर लिन सकिन्छ । परिचयपत्र बनाउन भने समय लाग्छ । १६ वर्षमुनिका नागरिकको हकमा भने नाबालक परिचयपत्रकै आधारमा पासपोर्ट बन्नेछ । पछि भने १० देखि १६ वर्ष उमेरका नागरिकलाई छुट्टै परिचयपत्र दिने विभागको तयारी छ । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here