पावरहाउसको ठाडो सुरुङ निर्माणस्थलमा क्रेन भाँचिएर दुई श्रमिक खसे सुरुङभित्र

फाइल तस्बिर

१३ माघ, काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा अर्को दुर्घटना भएको छ ।

आयोजनाको भर्लेनीस्थित पावरहाउस निर्माणस्थलको ठाडो सुरुङ निर्माणस्थलमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर दुई श्रमिक सुरुङभित्र खसेका छन् ।

frontline

विहान करिब ४ बजे घटना भएपनि सुरुङभित्र खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक प्रदीप कटुवालका अनुसार पाइप निकाल्ने क्रममा क्रेन भाँचिएपछि उनीहरु सवार रहेको बकेट करिब १६० मिटर गहिरो सुरुङमा खसेको देखिएको छ ।

पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरीलाई घाइते अवस्थामा उद्धार गरेर संखुवाभसाको मिसन अस्पतालमा पठाइएको कटुवालले जानकारी दिए ।

सुरुङभित्र खसेका बाराको कोहोल्बी नगरपालिका १ का २२ वर्षीय राकेश चौधरीको भने उद्धार गर्ने प्रयास भइरहेको डीएसपी कटुवालले जानकारी दिए ।

गत ११ पुसमा यही आयोजनामा भएको दुर्घटनामा दुई जना इन्जिनियरको मृत्यु भएको थियो । परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पडि्कएर आयोजनामा कार्यरत इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो ।

परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here