पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमाछोराको मृत्यु

२१ माघ, पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–९, चापपानी झिरभन्ज्याङमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मीना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक शाहीले बताए । प्रहरीका अनुसार मृतक आमा छोरा हुन् ।

frontline

तानसेन–चापपानी–दर्लमडाँडा–राम्दी सडक अन्तर्गत भित्री सडकम बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तानसेनदेखि खानीगाउँ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरी उपरीक्षक शाहीले बताए ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पामा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । टेक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here