पाल्पाका दुई पालिकाले पाए दुई-दुई सांसद

११ मंसिर, तानसेन । पाल्पाका दुई पालिकाले दुई-दुई सांसद पाएका छन् । पाल्पा निर्वाचन क्षेत्र नंं १ मा पूर्वखोला गाउँपालिकाबाट एक जना प्रतिनिधिसभामा र अर्को प्रदेशसभामा निर्वाचित भएका हुन्। 

पूर्वखोला–३ बाट प्रतिनिधिसभामा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य निर्वाचित भएका छन्।  सोही गाउँपालिका–२ जल्पाबाट  प्रदेशसभामा एमालेकै खेमबहादुर सारु निर्वाचित भए एउटै पालिकामा दुई–दुई सांसद निर्वाचित गराएको ती पालिकाका जनताहरू भने खुसी देखिएका छन्।

frontline

जनताका सबैजसो विकास निर्माणका काम अब पूरा हुनेमा आशावादी रहेको पूर्वखोलाका जीवन आचार्यले बताए। ‘बगनासकाली गाउँपालिकामा दुई÷दुई जना सांसद निर्वाचित भएकोमा हामी बगनासकालीवासी हर्षित छांै,’ स्थानीय राम सारुले भने। बगनासकालीबाट मात्रै प्रतिनिधिसभामा ३ जनाले, प्रदेशसभाको लागि २ जनाले उम्मेदवारी दिएका थिए।

एमाले उम्मेदवार नारायणप्रसाद आचार्य  ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुुन्। आचार्यका  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहाले २० हजार २ सय ५६ मत ल्याई उपविजेता भए। विजेता आचार्यले कांग्रेसका गाँहालाई  १० हजार ८ सय ४७ मतान्तरले पराजित गरेका हुन।

आचार्य यसअघि २०७४ सालमा  लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित थिए। यसैगरी पाल्पा क्षेत्र नंं १ को २ प्रदेशसभामा पूर्वखोला २ जल्पाका सारुले कांग्रेका शंकर खनाललाई पराजित गरी विजय भएका छन्।

सारुले  १४ हजार २ सय ९६ मत ल्याएर विजयी भएका हुन्।  निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार  खनालले ९ हजार ५ सय ५ मत ल्याए। सारुले ४ हजार ७ सय ९१ मतान्तरले विजयी भएका हुन्।

पाल्पा क्षेत्र नंं २ मा पनि एउटै पालिकाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका छन्। बगनासकालीबाट प्रतिनिधिसभामा एमालेका ठाकुरप्रसाद गैरे, प्रदेशसभामा कांग्रेसका वीरबहादुर राना विजयी भएका छन्।

गैरे बगनासकाली–८ बराङ्दीका स्थायी बासिन्दा हुन् भने राना सोही गाउँपालिका–७ खानीगाउँका स्थायी बासिन्दा हुन। 

गैरेले एक वर्षअघिका आफ्नै सहकर्मी  एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९ सय ६६ मतले  पराजित गरेका छन् भने रानाले एमालेका  परशुराम भट्टराईलाई २ हजार ७५ मतले पराजित गरेका हुन।

गैरे पहिलोपटक प्रतिनिधिसभामा संसद् बनेर छिर्दैछन् भने राना यसअघि नै प्रदेशसभामा रही लुम्बिनी प्रदेश सरकारको बहालवाला ऊर्जा जलस्रोत सिंचाइमन्त्री रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here