पालिकामा अस्पताल नहुँदा उपचारको लागि जिल्ला पुग्न बाध्य

सरकारले हरेक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्ने घोषणा गरे पनि त्रिवेणी गाउँपालिकाका स्थानीय जिल्ला अस्पताल जान बाध्य छन् । पालिकामा गाउँ अस्पताल नहुँदा स्थानीय डाक्टरसहितको उपचारको लागि २२ किलोमिटर टाढा जिल्ला अस्पताल पुग्न बाध्य भएका हुन् । 

गाउँ अस्पताल निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रभात कुमार श्रेष्ठले बताए । ‘गत आर्थिक वर्षबाट गाउँ अस्पताल निर्माण थालिएको हो । यही आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने योजना छ,’ उनले भने ।

frontline

प्रत्येक वडामा स्वास्थ्य केन्द्र भने रहेको उनले जानकारी दिए । उनको अनुसार प्रत्येक वडामा गरी पालिकामा ६ वटा स्वास्थ्य चौकी छन् । स्वास्थ्य केन्द्रमा आधारभूत औषधिको भने अभाव नरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here