पाराग्वेमाथि ब्राजिलको जित
१९ माघ, एजेन्सी । विश्वकप छनोट खेलमा ब्राजिलले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा ब्राजिलले पराग्वेलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिललाई सानदार जित दिलाउनका लागि राफिन्हा, फिलिपे कौटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक–एक गोल गरे ।
खेलको २८औं मिनेटमा राफिन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे ।
८६औं मिनेटमा एन्टोनीले गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए । ८८औं मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिललाई सानदार जित दिलाए ।
ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । अपराजित ब्राजिलले १५ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्