पानी ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ जना घाइते

१० पुस, काठमाडौं । दक्षिणकाली नगरपालिका–२ इँटाभट्टामा पानी ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन् ।

सिन्धुलीका २१ वर्षीय रविन वाइबाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

frontline

बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। घाइतेहरू ट्याङ्कर चालक काठमाडौं घर भएका २३ वर्षीय सूर्य लामा, दोलखाका १८ वर्षीय अनिल दाहाल र सिन्धुलीका ३६ वर्षीय मानक वाइबाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी बा ३ ख ६६५६ नम्बरको पानी ट्याङ्कर अनियन्त्रित भइ सडकबाट ३० मिटर तल खसेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here