पानी टयांकी सफा गर्ने क्रममा गुरूकुलका चार विद्यार्थीको मृत्यु
काठमाडौं : उत्तर प्रदेशको वृन्दावनमा रहेको एक निजी गुरुकुलमा भूमिगत पानी ट्याङ्की सफा गर्ने क्रममा चार बालबालिकाको मृत्यु भएको छ। मथुरा जिल्ला मजिस्ट्रेट चन्द्र प्रकाश सिंहले मृत्युको पुष्टि गरेका छन्। उनले भने ,’आशिष शर्माले वृन्दावनको चैतन्य विहारमा ‘वृन्दावन गुरुकुलम’नामक गुरुकुल चलाइरहेका थिए। यहाँ लगभग २०० बालबालिका दर्ता भएका छन् र हाल यहाँ लगभग १०० बालबालिका बसिरहेका छन्।
डीएम चन्द्रप्रकाश सिंहले पानी ट्यांकीबाट दुर्गन्ध आएपछि बालबालिकाहरू आफै सफा गर्न जाँदा उक्त दुर्घटना भएको बताए। उनले भने,’साँझ क्याम्पसमा रहेको भूमिगत पानी ट्याङ्कीबाट दुर्गन्ध आउँदा बालबालिकाहरूले आफैं ट्याङ्की सफा गर्ने प्रयास गरे। केही बालबालिका ट्याङ्की सफा गर्न तल गए। मलाई लाग्छ त्यसमा विषाक्त ग्यास थियो।’
उनका अनुसार तल ओर्लिएका पाँच जना बालबालिका सबै बेहोस भएका थिए । बेहोस भएकामध्ये चारजना बालबालिकाको मृत्यु भएको हो। एउटा बच्चा सकुशल बाहिर निस्कन सफल भयो। यी मध्ये कुनै पनि बालबालिका स्थानीय थिएनन्। सबै अन्य राज्यबाट आएका थिए।






प्रतिक्रिया दिनुहोस्