पानी जमेको नालीमा पुरुष मृत फेला

१५ असार, विराटनगर । विराटनगर महानगरपालिका–६ मा पानी जमेको नालीमा मंगलबार राति एक जना पुरुष मृत फेला परेका छन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सरोचियाको नालीमा विराटनगर–५ का ३० वर्षीय सन्तोष मण्डल मृत फेला परेका हुन्।

frontline

टाउको तथा शरीरको भाग नालीको पानीमा डुबेको र खुट्टा बाहिर निस्किएको अवस्थामा राति ११:२५ बजेतिर शव भेटिएको उनले बताए। 

घटनास्थलनजिक एउटा साइकल पनि लडिरहेको अवस्थामा भेटिएको छ। रातको समयमा साइकलमा यात्रा गर्ने क्रममा डुबान क्षेत्र पार गर्न खोज्दा साइकल अनियन्त्रित भएर मण्डल नालीमा पल्टिएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रहरीका अनुसार पानी जमेको नालीमा ढलेपछि उठ्न नसक्दा त्यहीँ डुबेर उनको मृत्यु भएको हुनसक्छ। 

प्रदेश १ को राजधानी विराटनगर मंगलबार बिहानैदेखि बाढी र डुबानको चपेटामा परेको छ । मण्डलको शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए।   

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here