पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

२९ कार्तिक, सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही कारखानामा मजदुरी गर्ने भारतका सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमड हुन् ।

frontline

दुबै बालक खेल्दाखेल्दै अचानक पानी जमेको खाल्डोमा डुबेको अनुमान गरिएको छ । खाल्डोमा डुबेका बालकहरुको उद्धार गरि उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

frontline
poster-here