पानीमा डुबेर तीन बालकको मृत्यु

धनुषा  । धनुषा र महोत्तरीमा पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषामा एकै परिवारका दुइ बालक रहेका छन् ।

धान रोप्न आमाबुबासँगै खेतमा गएको बेला नजिकै रहेको मखनाहा नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

frontline

धनौजी गाउँपालिका–५ बहुअर्बाका श्रीकिशुन कापरका आठ वर्षीय छोरा राकेश कापर र दिपु कापरका छ वर्षीय छोरा आशिकको मृत्यु भएको हो ।

दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । त्यसैगरि महोत्तरीको जलेश्वरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर–५ बस्ने चार वर्षीय आरुष कापर आफ्नै घरदेखि एक किमि पश्चिममा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

बालक डुबेको खबर प्राप्त भएपछि तत्काल प्रहरी चौकी पर्सापतैली र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी गएर बालकको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल जलेश्वर पठाइएको थियो ।

उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । एक महिनाअघि धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खाल्डोमा डुबेर एकै पटक पाँच बालिकाको मृत्यु भएको थियो ।    (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here