पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

समाचार सारांश

  • सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको काम रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ।
  • न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला सुनायो।
  • गत चैतमा परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले निर्माण कार्य यथास्थितिमा राख्न आदेश दिएको थियो।
  • अदालतको यो आदेशसँगै अब पाथीभरामा केबलकार निर्माणको काम अघि बढ्नेछ, जसको लगानी आइएमई ग्रुपको रहेको छ।

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केवलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । 

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ । 

frontline

पाथीभरा केवलकार निर्माण कार्य रोक्न माग गर्दे गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

त्यसपछि न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको थियो । दुई पक्षको छलफलपछि डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेश दिनुनपर्ने बताएको हो । 

यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथीभरामा केवलकार निर्माणको काम अघि बढेको थियो।

#पाथीभरा #केबलकार #सर्वोच्च

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here