पाणिनी गाउँपालिकामा बेवारिसे शव फेला

१५ साउन, सन्धिखर्क । पाणिनी गाउँपालिकामा एउटा बेवारिसे शव फेला परेको छ । पाणिनी गाउँपालिका-२, पोखराथोकको जंंगलमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

डाँडाकटेरी जंगलमा फेला परेको शवको सनाखन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

frontline

सोही ठाउँबाट आजभन्दा ३ दिन पहिले दुई जना हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here