पाटन दरबार क्षेत्रमा लिच्छविकालीन शिलालेख भेटियो
७ पुस, पाटन । पाटन दरबार क्षेत्रमा लिच्छविकालीन शिलालेख भेटिएको छ।
पाटन दरबार सुवर्णझ्याल अगाडि पुस ५ गते ढल खन्ने क्रममा करिब ६ फिट अग्लो शिलालेख भेटिएको हो।
यसअघि गत भदौ २९ गते पनि उत्खननका क्रममा पूर्वमध्यकालका शिलालेख भेटिएको थियो ।
पुरातत्वविद् प्रकाश दर्नालको टोलीले यो शिलालेख पत्ता लगाएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले जानकारी दिए।
उनका अनुसार शिलालेख अलि मधुरो भए पनि अंशुवर्माको नाम भने देखिन्छ।
सिमेन्ट लागेर सहजै पढ्न नसकिएको अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा उल्लेख छ ।
कुल १५ पंक्ति रहेको अभिलेखको दायाँबायाँ श्रावक मृग र बीचमा धर्मचक्र कुँदिएको छ ।
यसमा योग्रङ्ग्राम र अन्तिम पंक्तिमा ‘संवत् ५३६ ज्येष्ठ मासे शुक्ल पक्षे’ भन्ने वाक्यांश प्रष्टसँग लेखिएको छ ।
यो अभिलेखले राजा वृषदेवले त्यहाँ विहार बनाएको भन्ने लेखेको छ ।
प्रतिक्रिया दिनुहोस्