पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्या : विश्वका साथै पाकिस्तानमा यसको निन्दा

१८ मंसिर, एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट सहरमा एक श्रीलंकाली नागरिकलाई ईश्वरनिन्दाको आरोपमा हत्या गरिएपछि विश्वका साथै पाकिस्तानमा पनि यसको निन्दा भइरहेको छ ।

एकातिर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानका लागि ‘अत्यन्तै लाजमर्दो दिन’ भनेका छन् भने अर्कोतर्फ यो देशका जनता ‘हामी के बनेका छौं’ भनिरहेका छन् ।

frontline

शुक्रबार सियालकोटको कारखानामा काम गर्ने श्रीलंकाली नागरिक प्रियंथा कुमारालाई ईश ईन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको थियो र त्यसपछि उनको शव जलाएको थियो।

सामाजिक सञ्जालमा यससँग सम्बन्धित भिडियो तथा तस्विरहरु चल्न थालेपछि राजनीतिज्ञ, कूटनीतिज्ञ, समाजसेवी र आम जनताले पनि यो घटनाप्रति आक्रोश र दुःख व्यक्त गर्दै मुलुकमा बढ्दै गएको कट्टरपन्थीप्रति ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले इमरान खानको ट्विटलाई रिट्वीट गर्दै यो निकै दुखद दिन भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here